PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ठमेलमा सवारीसाधन प्रवेशमा रोक

ठमेलमा सवारीसाधन प्रवेशमा रोक


काठमाडौं : राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई आजदेखि सवारी साधनमुक्त क्षेत्र बनाइएको छ। 

आइतबारदेखि पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु सवारीसाधनलाई ठमेल प्रवेशमा रोक लगाइएको छ।

ठमेलभित्र जाने सवारीसाधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने तथा ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने र ठमेलभित्र भएका होटलमा आवश्यकताअनुसार गाडीको व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए।

यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसार्इकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको खनालले बताए।

सवारी आवागमनमा कडाई गरेसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामासमेत कमी आउने प्रहरीको अपेक्षा छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell