PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौँमा १४ सय ४ जनाले सरकारी खर्चबाट उपचार गरे, यी हुन् सरकारले उपचार खर्च बेहोर्ने रोग



पहिलोपोस्ट

काठमाडौँमा १४ सय ४ जनाले सरकारी खर्चबाट उपचार गरे, यी हुन् सरकारले उपचार खर्च बेहोर्ने रोग

काठमाडौँ :  काठमाडौँमा गत आर्थिक वर्षमा १ हजार ४ सय ४ जनाले सरकारले दिने सहायताबाट उपचार गरेका छन्। गरिब तथा असहायलाई सरकारले ८ वटा रोगको उपचार गर्दा उपचार खर्च बेहोर्ने व्यवस्था गरेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको तथ्यांकअनुसार ५ सय ८ जना मुटुरोगीले सरकारको सहायताबाट शल्यक्रिया गरेका छन्। 

क्यान्सर लागेका  ६ सय २८ जनाले सरकारी सहायताबाट उपचार पाएका छन् भने २ सय ५६ जना किड्नीका विरामीले शल्यक्रिया गरेका छन्। 

त्यसैगरी टाउकोमा भएका दुर्घटनाको ५ जनाले शल्यक्रिया गरेका छन् भने अल्जाइमरका ३ जना बिरामीले सरकारी सहायताबाट उपचार गरेका छन्।

सरकारले  मुटु, किड्नी, क्यान्सर, अलजाइमर्स, आउँ, टाउकोमा भएको दुर्घटना, मेरुदण्डको दुर्घटना र पार्किन्सन रोगमा असहायलाई उपचार खर्च बेहोर्ने व्यवस्था गरेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका तथ्यांक अधिकृत पुष्कर बिजुक्छे जनतालाई सरकारले दिने सुविधा थाहा नभएर यो संख्या कम भएको बताउँछन्। 

भन्छन्, ‘यी रोगहरुमा सरकारले जनताको उपचार खर्च बेहोर्छ भन्ने ज्ञान छैन। त्यसैले यो संख्या कम भएको हो।’

बिजुक्छे  जनताले यस्ता सूचना थाहा पाउनुपर्ने बताउँछन्। यस्ता धेरै विरामीहरु भएपनि जनचेतना नभएर सरकारी सहयोग लिन नआएको उनको तर्क छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell