PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

श्रीकृष्‍ण श्रेष्ठको श्रद्धाञ्जली स्वरुप सिनेमा 'कान्छी', रिलिज तयारीमा श्वेता खड्का



पहिलोपोस्ट

श्रीकृष्‍ण श्रेष्ठको श्रद्धाञ्जली स्वरुप सिनेमा 'कान्छी', रिलिज तयारीमा श्वेता खड्का

काठमाडौं: लक्ष्मी पूजाको दिन अभिनेत्री श्वेता खड्काले सिनेमा 'कान्छी'को छायांकन सक्किएको जानकारी दिइन्। उनले श्रीमान श्रीकृष्ण श्रेष्ठको सम्झनामा पत्र लेख्दै फेसबुकमार्फत सिनेमाको प्रोडक्शनको काम सक्किएको लेखेकी थिइन्। कान्छी घोषणा ताका निर्माण युनिटले माघ २६ लाई रिलिज टार्गेट गरेको थियो। समयमै प्रोडक्शनको काम सक्किएको सिनेमा तोकिएको दिनमा सार्वजनिक होला त?



श्वेता खड्काले आइतबार श्वेताश्री फाउन्डेशनको फेसबुक पेजमार्फत सिनेमा माघ २६ गते नै सार्वजनिक हुने जनाएकी छिन्। उनले स्वर्गिय पती श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली स्वरुप एउटा राम्रो फिल्म तयार गरेको लेखेकी छिन्।

श्वेता लेख्छिन्,'सुटिङका क्रममा हामीले कैयन उकाली चढ्यौ अनी ओराली झर्यौंी। सँगै हाँस्यौ, सँगै गायौं अनि सँगसँगै नाच्यौं। मिठो, पिठो जे पायौं- रमाउँदै खायौं। भोक भनेनौं, प्यास भनेनौं न त थकानको वास्ता गर्यौं । दिन भनेनौं र रात पनि भनेनौं। एउटै परिवार बनेर सुख दु:ख साट्दै 'कान्छी'को सुन्दरतालाई निख्खरता प्रदान गर्न लागि पर्यौं।' 

 

 निर्मात्री समेत रहेकी श्वेता खड्काको सिनेमालाई मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी वरपर छायांकन गरिएको छ। आकाश अधिकारी निर्देशित सिनेमामा श्वेता र अभिनेता दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने नायिका अनु शाह, कलाकार प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि कान्छीमा अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell