PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिरी ए : शीर्ष स्थानको नेपोली इन्टर मिलानसंग बराबरीमा रोकियो



पहिलोपोस्ट

सिरी ए : शीर्ष स्थानको नेपोली इन्टर मिलानसंग बराबरीमा रोकियो

इटालियन सिरी ए मा नेपोलीको लगातार ८ खेलको जित यात्रामा ब्रेक लागेको छ। सिरी ए अन्तर्गत गएराती भएको खेलमा नेपोली इन्टर मिलानसंग गोलरहित बराबरीमा रोकिएको हो।

९ खेलमा नेपोलीको यो पहिलो बराबरी हो भने इन्टरको दोस्रो। बराबरीपछि पनि नेपोली र इन्टर दुवै टोलीले अपराजित यात्रा भने कायम राखेको छ भने नेपोली पहिलो तथा इन्टर दोस्रो स्थानमा छ। इन्टरले भने शीर्ष स्थानको नेपोलीसंग अंक दूरी २ मा झारेको छ।

९ खेलबाट २५ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ। समान खेलबाट २३ अंक जोडेको इन्टर दोस्रो स्थानमा कायम छ। ८ खेलबाट १९ अंक रहेको साविक विजेता युभेन्ट्स तेस्रो स्थानमा छ भने समान अंक रहेको लाजियो चौथो स्थानमा छ।

यस्तै सिरी ए को अर्को खेलमा साम्पडोरियाले क्रोटोनेलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। जितपछि ८ खेलबाट १७ अंक जोडेको साम्पडोरिया पाचौँ स्थानमा उक्लेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell