PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विवेकशील साझा पार्टीले प्रवक्ता सूर्यराज आचार्यलाई बनायो काठमाडौं-२ बाट उम्मेदवार 



पहिलोपोस्ट

विवेकशील साझा पार्टीले प्रवक्ता सूर्यराज आचार्यलाई बनायो काठमाडौं-२ बाट उम्मेदवार 

काठमाडौं :  विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ।

भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक, थाइलण्डबाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर तथा जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासुमा विद्यावारिधि गरेका डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन्।

उनी लामो समय जापानको ‘इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसि स्टडिज’मा ‘सिनियर रिसर्च फेलो’ र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा काम गरेको अनुभव छ।

साथै उनले नेपालका पूर्वाधार विकासका विभिन्न महत्वपूर्ण बिषयहरुमा राष्ट्रिय बहसको उठान गरेका थिए। पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्य अनुभव संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell