PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

लैनचौर गोली प्रकरण: केटीको विवादमा चल्यो गोली, मुख्य अभियुक्त पक्राउ



सविन ढकाल

लैनचौर गोली प्रकरण: केटीको विवादमा चल्यो गोली, मुख्य अभियुक्त पक्राउ
फाइल फोटो

काठमाडौँ: काठमाडौंको लैनचौरस्थित म्हैपीमा आज बिहानै भएको गोली काण्ड युवतीका कारण भएको खुल्न आएको छ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार युवतीका विषयमा झगडा हुँदा गोली चलाइएको खुलेको हो। एक प्रहरी अधिकारीले पहिलोपोस्टसँग भने 'केटीको बिषयमा रिसइवी भएपछि गोली हानेको खुलेको छ।'

आइतबार एकाबिहानै करिव ४ बजेतिर स्कुटरमा गइरहेका रानीबारी बस्ने  गोरखा लापार्क ४ का अन्दाजी २९ वर्षीय कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। कारमा आएका युवकले एक राउण्ड गोली प्रहार गरेका थिए। गुरुङलाई खुट्टामा गोली लागेको छ।

बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार गुरुङलाई सेतो कारमा आएको समूहले म्हैपी बहती पोखरी नजिकै सडकमा गोली प्रहार गरेको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी रविन्द्र धानुकले मुख्य अभियुक्तसहित पाँचजना पक्राउ परेको बताए। उनले भने 'मुख्य अभियुक्तसहित पाँच जनालाई नियन्त्रणमा लिएका छौँ।  घटनामा प्रयोग भएको कार पनि नियन्त्रणमा लिइएको छ ।'

प्रहरीको प्रारम्भिक बयानमा दुई समूहबीच गएराति डिस्कोमा झगडा परेको पनि खुलेको छ। ठमेलको सिएन डिस्को दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell