PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ उम्मेदवारको आज मनोनयन



पहिलोपोस्ट

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ उम्मेदवारको आज मनोनयन

काठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा प्रत्यक्षतर्फको मनोनयन दर्ता हुँदैछ। पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुन गइरहेको छ। प्रदेशसभाको प्रत्यक्षतर्फ ७४ जनप्रतिनिधिका लागि प्रतिस्पर्धा हुँदैछ। 

मंसिर १० गते प्रदेश २ बाहेकका उच्च हिमाली जिल्ला र केही पहाडी जिल्लामा निर्वाचन हुँदैछ। दोस्रो चरणमा ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुनेछ।

उम्मेदवारहरुले जिल्लास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न सक्नेछन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबारदेखि उम्मेदवार उपरको दाबी विरोध र मनोनयन फिर्ताको समय सुरु हुनेछ। दाबी विरोधको समय सकिएसँगै आयोगले अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ। 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भने गत असोज २९ गते नै दलहरुले बन्द सूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। 

वाम र लोकतान्त्रिक दुबै गठबन्धनले पहिलो चरणको निर्वाचनका उम्मेदवारको करिज टुंगो लगाइसकेका छन्। यो पटक एमाले र माओवादीले संयुक्त वाम गठबन्धनमा चुनाव लड्दैछन्। भने, कांग्रेससँग राप्रपा, नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकले सहकार्य गरेका छन्। गठबन्धन बनाइ सहकार्य गरे पनि सबै दलहरुले आ–आफ्नै चुनाव चिह्न प्रयोग गर्दैछन्। 

साना र मधेशकेन्द्रित दलहरुले उच्च हिमाली र हिमाली जिल्लाको निर्वाचनलाई खासै महत्वमा राखेका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell