PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ला लिगा: बार्सिलोनाको अपराजित यात्रा कायमै



पहिलोपोस्ट

ला लिगा: बार्सिलोनाको अपराजित यात्रा कायमै

स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले पूछारमा रहेको मालागालाई २-० ले हरायो।

घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान आन्द्रेज इनेस्टा र जेरार्ड डेउलेफेले गोल गरे।

जितपछि ९ खेलबाट २५ अंक जोडेको बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा आसिन छ। मालागाको भने यो आठौँ हार हो। ९ खेल खेलेको मालगाले अहलेसम्म क्नै खेल जित्न सकेको छैन भने एक खेल बराबरी गरेको छ।

समान खेलबाट २१ अंक रहेको भ्यालेन्सिया दोस्रो स्थानमा छ। भ्यालेन्सियाले घरेलु मैदानमा सेभियालाई ४-० ले पराजित गरेको हो। गोन्सालो गुएडेसले २ तथा सिमोन जाजा र सान्ती मिनाले १-१ गोल गरे।

यता अलाभेजलाई २-० ले पराजित गरेको रियल बेटिस पाँचौ स्थानमा उक्लेको छ भने सेभिया छैटौँ स्थानमा उक्लेको छ। ८ खेल खेलेका रियल मड्रिड र एथ्लेटिको मड्रिड क्रमश: तेस्रो र चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell