PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड नवप्रवेशी हडल्शफिल्डसंग पराजित, सिटीभन्दा ५ अंकले पछाडी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड नवप्रवेशी हडल्शफिल्डसंग पराजित, सिटीभन्दा ५ अंकले पछाडी

म्यानेचष्टर युनाइटेडले यस सिजन प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ। हारपछि युनाइटेड छिमेकी क्लब सिटी भन्दा ५ अंकले पछि परेको छ। लिग अन्तर्गत शनिबार भएको खेलमा युनाइटेड नवप्रवेशी हडल्शफिल्ड टाउनसंग २-१ ले पराजित भएको हो।

शीर्ष स्थानको म्यानचेष्टर सिटी र साविक विजेता चेल्सीले भने विजयी भएका छन्।

घरेलु मैदानमा भएकव खेलमा हडल्शफिल्डलाई जित दिलाउन पहिलो हाफमा आरोन मोए र लेरेन्ट डेपोएले गोल गरे। युनाइटेडका लागि दोस्रो हाफमा मार्कुस रासफोर्डले एक गोल फर्काएपनि टोलीको हार टार्न पर्याप्त भएन।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हडल्शफिल्डकव यो तेस्रो जित हो। जितपछि ९ खेलबाट १२ अंक रहेको हडल्शफिल्ड अंक तालिकामा दशौँ स्थानमा उक्लेको छ।

यता यस सिजन अपराजित रहने एक्लो टोलीको रुपमा रहेको म्यान सिटीले बर्नलेलाई ३-० ले हरायो। घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई जित दिलाउन सर्जियो एगुएरो, निकोलस ओटामण्डी र लरे सानेले गोल गरे।

जितपछि ९ खेलबाट २५ अंक जोडेको सिटी शीर्ष स्थानमा आसिन छ भने दोस्रो स्थानको युनाइटेडको २० अंक मात्र छ।

वाटफोर्डलाई ४-२ ले पराजित गर्दै चेल्सी अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। २-१ ले पछि परेको अवस्थामा चेल्सीले अन्तिम १९ मिनेटमा ३ गोल गर्दै शानदार जित हासिल गरको हो।

घरेलु मैदानमा चेल्सीलाई जिताउन मिची बात्सुईले २ तथा पेड्रो र अजप्लिकुएटाले १-१ गोल गरे। वाटपोर्डका लागि डोकोरे र रोवर्टो पाएराले गोल गरे।

लिगकै अन्य खेलमा न्यूकासल युनाइटेडले क्रिस्टल प्यालेसलाई १-० तथा लेस्टर सिटीले स्वान्सी सिटीलाई र एएफसी बर्नमाउथले स्टोक सिटीलाई समान २-१ ले हराए।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell