PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाबुराम र पशुपतिशमशेरलाई कांग्रेसले काँध थाप्ने, ३२ जिल्लाका उम्मेदवारको टुङ्गो लाग्यो



बाबुराम र पशुपतिशमशेरलाई कांग्रेसले काँध थाप्ने, ३२ जिल्लाका उम्मेदवारको टुङ्गो लाग्यो

काठमाडौँ : वाम गठबन्धनबाट असन्तुष्ट भई बाहिरिएका नयाँ शक्तिका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका पशुपतिशमशेर राणालाई नेपाली कांग्रेसले काँध थाप्ने भएको छ। 

नेपाली कांग्रेसले आगामी मंसिर १० गते पहिलो चरणमा मतदान हुने प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। विवाद हुने डरले भोलि आइतबार उम्मेदवारी दर्ता नभएसम्म टुंगो लागेका उम्मेदवारको आधिकारिक सूची सार्वजनिक नगरिने स्रोतले जनाएको छ। 

स्रोतका अनुसार प्रतिनिधि सभा सदस्यका लागि सूची यस्तो छ-

ताप्लेजुङ- केशव दाहाल
पाँचथर- भीष्मराज आङदेम्बे
संखुवासभा-दीपक खड्का
भोजपुर- उमेशजंग रायमाझी
खोटाङ- सरस्वती बजिमय
सोलुखुम्बु- बलबहादुर केसी
ओखलढुंगा- रामहरि खतिवडा
सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक २- पशुपतिशमशेर राणा (राप्रपा प्रजातान्त्रिक)
दोलखा-रुद्र खड्का
रामेछाप- कान्छाराम तामाङ
नुवाकोट १ – डा. रामशरण महत
नुवाकोट २- अर्जुननरसिंह केसी
धादिङ १ – विश्व अर्याल
धादिङ २- दीलमान पाख्रिन
लमजुङ- दीलबहादुर घर्ती
मनाङ- टेकबहादुर गुरुङ
म्याग्दी- खम्वीर गर्बुजा
गोरखा १ – चीनकाजी श्रेष्ठ
गोरखा २- बाबुराम भट्टराई (नयाँशक्ति)
बाग्लुङ १ –चम्पादेवी खड्का
बाग्लुङ २- निरज पुन
रुकुम पूर्व- गोपालजीजङ्ग शाह
रुकुम पश्चिम- वीरबहादुर ओली
रोल्पा- अमरसिंह पुन
जाजरकोट- राजीवविक्रम शाह
कालीकोट- भूपेन्द्रजंग शाही
हुम्ला- मंगल शाही
जुम्ला- देवेन्द्र शाही
मुगु- हस्तबहादुर मल्ल
डोल्पा- अंगद बूढा
बझाङ- पृथ्वीबहादुर सिंह
बाजुरा- कबिराज पण्डित
बैतडी- नरबहादुर चन्द
दार्चुला- विक्रम सिंह


कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक)सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए। 

उम्मेदवारको टुंगो लगाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु शनिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए। 

कांग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ। 

नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नं २ र रसुवामा उम्मेदवार रहनेछन्। यी दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिने छैन। गोरखा क्षेत्र नम्बर २ मा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। गोरखा-१ मा नयाँ शक्तिले उम्मेदवारी दिने छैन। त्यसैगरी प्रदेशमा गोरखा १ (क) र (ख), २(ख) मा नयाँ शक्तिले उम्मेदवारी दिने छैन भने प्रदेशको गोरखा २(क) मा कांग्रेसले नदिने समझदारी भएको छ। 

राप्रपा प्रजातान्त्रिकले पशुपतिशम्शेर राणालाई सिन्धुपाल्चोक–२ मा कांग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ। 

राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell