PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तिहारमा खानपान : के खाने? कसरी खाने?



सागर बुढाथोकी

तिहारमा खानपान : के खाने? कसरी खाने?


तिहारमा बन्ने अधिकांश परिकारहरुमा चिल्लो र गुलियोको मात्रा धेरै हुन्छ। चिकित्सकहरुका अनुसार गुलियो र चिल्लो धेरै रोगीहरुको लागि हानिकारक हुन्छ। निरोगी मानिसलाई पनि गुलियो र चिल्लो पदार्थ भएका खानेकुराहरुले फाइदा गर्दैन।

मुटुरोग विशेषज्ञ यादवदेव भट्टका अनुसार चिल्लो तथा गुलियोले खानेकुराहरुले कोलेस्ट्रोल बढाउने मात्र हैन, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ। त्यसैले तिहारमा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुपर्छ।

भट्टका अनुसार मुटुसँग खानाको गहिरो सम्बन्ध छ। भोजनको मात्रा छनौट गर्दा व्यक्तिको प्रकृति, रोग, बल, उमेर र मानसिकता आदिका आधारमा हुनु पर्ने उनी बताउँछन्। 
भट्टका अनुसार माछा मासुमा पाइने बोसोले कोलेस्टेरोल बढाउँछ। खसी, राँगा, बंगुरजस्ता ठूला जनावरका मासु खानु हुँदैन। उनी भन्छन्, ‘अत्यधिक तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ। त्यसैले आफ्नो स्वास्थ्य स्थिति हेरेर खानुपर्छ।’

सबैभन्दा हानिकारक एनिमल फ्याट अर्थात् घिउ र बोसो हुने भट्ट बताउँछन्। त्यसैले तेलमा पकाएको सेलरोटी उपयुक्त हुन्छ। मासु खाँदा बोसो भएको र रातो मासु खानु हुँदैन।

सेलरोटी बनाउँदा तोरीको, भटमासको वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुने भट्ट बताउँछन्। सेलरोटी सँगसँगै फलफूल, सागपात र पानी प्रशस्त पिउनु पर्छ।

खाली पेटमा सेलरोटी खाँदा एसिडिटी बढ्ने भएकोले केही सादा खाना खाएर मात्र सेलरोटी खानुपर्छ। मधुमेह, उच्च रक्तचाप, एसिडिटी भएको व्यक्तिले सेलरोटी धेरै खानु नहुने भट्ट बताउँछन्।
 
तिहारमा रोटीसँगसँगै मदिरा समेत सेवन गर्ने चलन छ। भट्ट भन्छन्,  ‘चिल्लो र मदिरा स्वास्थ्यको लागि हानिकारक हुन्।  मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउने हुनाले धेरै मदिरा र चिल्लो पदार्थ सेवन गर्नु हुन्न।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell