PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अपराध नियन्त्रणका लागि प्रहरी आक्रामक, दुई दिनमा २ सय ४६ जना पक्राउ 



पहिलोपोस्ट

अपराध नियन्त्रणका लागि प्रहरी आक्रामक, दुई दिनमा २ सय ४६ जना पक्राउ 
फाइल फोटो

काठमाडौ :  प्रहरीले दुई दिनमा उपत्यकाभित्र २ सय ४६ जनालाई नियन्त्रणमा लिएको छ। तिहारको मौकाछोपी विभिन्न आपराधिक गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दले बताए।

प्रहरीले काठमाडौंबाट बिहीबार र शुक्रवार क्रमशः ९७ र ९९ जनालाई नियन्त्रणा लिएको हो। त्यस्तै ललितपुरबाट २१ जना र भक्तपुरबाट २९ जना पक्राउ परेका छन्। यसरी नियन्त्रणमा लिएका मध्ये अधिकांश जुवाडे र पकेटमार भएको एआइजी चन्दले बताए। 

तिहारलाई लक्षित गरी प्रहरीले उपत्यका भित्र विशेष सुरक्षा योजना लागू गरेको छ। एआइजी जयबहादुर चन्द भन्छन् ‘अहिलेसम्म उपत्यकाभित्र कुनै अप्रिय घटना भएको छैन, शान्ति सुरक्षा समान्य नै छ।’ प्रहरीले तिहारलाई लक्षित गरी उपत्यका भित्र्याइएक पटाकालगायतका विष्फोटक पदार्थसमेत बरामद गरेको छ। 

उपत्यका भित्र र भित्रिने नाकामा प्रहरी चेकजाँच कडा बनाएको चन्दले बताए। प्रहरीले राति १० बजेपछि देउसी भौलो  जस्ता कार्यक्रमम नगर्नसमेत सर्वसाधरणमा अपिल गरेको छ ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell