PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कस्तो प्रतिक्रिया पाउँदै छ चलचित्र 'सिक्रेट सुपरस्टार'ले?



पहिलोपोस्ट

कस्तो प्रतिक्रिया पाउँदै छ चलचित्र 'सिक्रेट सुपरस्टार'ले?

विहीबारबाट सार्वजनिक भएको आमिर खान निर्मित तथा स्टारर चलचित्र 'सिक्रेट सुपरस्टार'ले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सामाजिक सञ्जालमा राम्रो टिप्पणी भैरहदा समीक्षकले चलचित्र बारे के भन्दै छन् त?

रोटन टोम्याटोजले सिक्रेट सुपरस्टारलाई पाँचमा चार तारा दिंदै लेखिएको छ,'सिक्रेट सुपरस्टारले दर्शकलाई सजिलै हसाउँछ अनि रुवाउँछ पनि।' त्यस्तै टाइम्स अफ इन्डियामा समीक्षक मीना लायरले पनि चलचित्रलाई पाँचमा चार तारा दिएकी छिन्। लेखेकी छिन्,'आमिर खानको नाममा दर्शकले जुन अपेक्षा राख्छन् त्यो खानले पुरा गरेका छन्। चलचित्रमा नयाँ केही छैन तर अवधीभर दर्शक अब के हुन्छ? सोच्न बाध्य हुन्छन्।' उनले फिल्मको सांगीतिक पक्ष सबैभन्दा बलियो छ।

एनडिटिभीले हेडलाइनमा लेखेको छ 'आमिर खानले दिवाली रिलिजसँगै धमाका मच्चाए'। राजा सेनले गरेको समीक्षामा भने पाँचमा तीन र आधा तारा दिइएको छ। टेलिफिल्मको बजेटमा बनेको चलचित्रका केही दृश्य निकै लामो लाग्छन्। दर्शकलाई ती दृश्य अनावश्यक लाग्दा लाग्दै कथाले दर्शकको अनुमानलाई गलत साबित गरिदिन्छ। द गार्जियनले पाँचमा चार तारा दियो। आमिरले युवतीहरुको लागि चलचित्रमार्फत उठाएको आवाजको तारिफ गरेका छन् समीक्षकले। लेखेका छन्,'फस्ट क्लास इन्टरटेनमेन्ट।'

रोहित वत्सले हिन्दुस्तान टाइम्समा तीन तारा मात्र दिए। कथा भावनात्मक भए पनि आजको जमानामा भेटिन गाह्रो पात्रहरुको कथा उठाइएको उनले जनाएका छन्। जहाँ गीत गाउने रहर पुरा गर्नका लागि आफ्नै बुवासँग लुक्नु पर्छ। आमिरको भूमिकाले अन्यौलता सिर्जना गर्छ। संगीतकर्मीको रुपमा देखिए पनि उनी संगीतकर्मी जस्तो प्रस्तुत भएका छैनन्।

१४ वर्षिय मुस्लिम बालिका इन्सियाको कथा हो सिक्रेट सुपरस्टार। उनको संगीतमा रुची हुन्छ तर सामाजिक र धार्मिक बन्देजका कारण उसको बुवाले गीत गाउन दिंदैन। परिचय सार्वजनिक नगरी गीत गाउने इन्सियाको चर्चा बढेपछि सिर्जना हुने अनस्थाहरु मुख्य विषय हो। कलाकारहरु जरिया वसिम, मेहेर विज, पाज अर्जुन, तिर्थ, कविर सेख, फरोक जफर लगायतको अभिनय छ। चलचित्रलाईअद्वैत चन्दनले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell