PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तालिबान आक्रमणको आशंकामा कान्दाहारमा उच्च सुरक्षा सतर्कता



पहिलोपोस्ट

तालिबान आक्रमणको आशंकामा कान्दाहारमा उच्च सुरक्षा सतर्कता
फोटो श्रोतः nytimes.com

कान्दाहार :  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा उच्च सैनिक सतर्कता अपनाइएको छ। 

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए।आक्रमणमा परी ४३ जना सैनिक मारिएका थिए। 

सो क्षेत्रमा बिहीबार साँझैदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ। उक्त सैनिक पोष्ट हाल अफगान सेनाकै कब्जामा रहेको छ भने सुरक्षा अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ। 

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सैनिक पोष्टमा हमला गरेका थिए। तालिबानहरुले उक्त जिल्लाका छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको बताइएको छ। ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन्। 

ती दुई जिल्लामा तालिबानले गत सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यहरुको मृत्यु भएको थियो। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell