PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतमा सरकारी कार्यालयको छाना खस्दा आठ जनाको मृत्यु, तीन घाइते



पहिलोपोस्ट

भारतमा सरकारी कार्यालयको छाना खस्दा आठ जनाको मृत्यु, तीन घाइते

नयाँदिल्ली : दक्षिणी भारतको तामिल नाडू राज्यको यातायात कार्यालय भवनको छाना खस्दा आठ जनाको ज्यान मृत्यु भएको छ। 

चेन्नईबाट करिब ३१२ किलोमिटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको हो।

मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ। भवनको छाना शुक्रबार बिहानी पख करिब साढे तीन बजे अकस्मात खसेको थियो। 

त्यसमा परी अरु तीन जना घाइते भएका छन्। गम्भीर घाइते उनीहरुलाई भवनको भग्नाबशेषबाट उद्वार गरेर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीकाअनुसार सो भवन किन भत्कियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ। भारतमा यसरी भवन भत्किने घटना दोहोरिइरहेका पाइन्छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell