PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विवेकशील साझाकी उम्मेदवार सुबुना भन्छिन्, ‘मेरो उम्मेदवारी गगन थापाविरुद्ध हैन’



पहिलोपोस्ट

विवेकशील साझाकी उम्मेदवार सुबुना भन्छिन्, ‘मेरो उम्मेदवारी गगन थापाविरुद्ध हैन’

काठमाडौं: मंसिर १० गते हुने गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवारी घोषणा गरेकामध्ये सुबुना बस्नेत यतिबेला चर्चामा छिन्। विवेकशील साझा पार्टीबाट काठमाण्डौँ क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएकी उनी २६ वर्षकी मात्रै छिन्।

सुबुनाको उम्मेदवारीको चर्चा मूलत: दुई कारणले भइरहेका छन्।

पहिलो –युवा उम्मेदवार। उनको उमेर २६ वर्षमात्रै छ।

दोस्रो –कांग्रेस युवा नेता गगन थापाको क्षेत्रबाट उम्मेदवारी।

तर, चर्चामा आएका यी दुबै विषयमा ध्यान नदिन सुबुना आग्रह गर्छिन्।  ‘काम उमेरले हैन क्षमता, इच्छाशक्ति र सक्रियताले गर्ने हो। त्यो अरुमा भन्दा म'मा छ' सुबुना भन्छिन, ‘म आलोचकहरुले भने जस्तो अपरिपक्व पनि होइन्। चुनावमा कसैको यरिया वा क्षेत्र भन्ने पनि हुँदैन्। त्यसका विरुद्ध पनि हैन।’

वैशाखमा सम्पन्न स्थानीय चुनावमा काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाको चर्चा धेरै भयो। उनका पक्ष र विपक्षमा अनेक टिक्का-टिप्पणी सुनिए। तर, रञ्जुले नसोचेको मत ल्याइन्। धेरै मतले पछि पर्ने आँकलन गरिएकोमा उनले सम्मानजनक मत पाइन। प्रतिनिधिसभा चुनावमा पनि रञ्जुझै सुबुनाको चर्चा सुरु भएको छ।

रञ्जुलाई भन्दा आफूलाई 'प्लसपोइन्ट' भएको सुबुना सुनाउँछिन्। त्यसdf दुई कारण भएको उनको तर्क छ।

पहिलो –स्थानीय चुनावमा रञ्जुले राम्रो माहोल सिर्जना गरिन्। भोट दिएको भए जितेर राम्रो काम गर्ने रहेछ भन्ने विस्वास जनताहरुलाई दिलाइन्।

दोस्रो –विवेकशील र साझा पार्टीको एकीकरण।

दुबै आधार र कारणले स्थानीय चुनावभन्दा अहिलेको निर्वाचनमा परिणाम राम्रो आउने सुबुनाको तर्क छ।

'युथ फर ब्लड' संस्थामा ३ वर्षसम्म काम गरेकी सुबुना आफ्नो क्षेत्रमा परिचित रहेको सुनाउँछिन्। विवेकशील पार्टी सहभागी भएको हरेक अभियानमा नेतृत्वदायी भूमिका निभाएको उनको भनाई छ।

आलोचकले भनेजस्तो आफू अपरिपक्व भएको उनी अस्वीकार गर्छिन्। आफूसँग काम गर्ने भिजन,निति र क्षमता रहेको सुबुनाको तर्क छ।

‘काम उमेरले हैन अध्ययन, इच्छाशक्ति, जोश र जाँगरले गर्ने हो’ भन्छिन्, ‘म अरुभन्दा अध्ययनशील छु। जनताको भावना बुझ्छु। यो भन्दाअघि जनताको हितका लागि जोश जाँगर लगाएर काम गरेर प्रमाणित गरेको पनि छु।’

सुबुना व्यापार जागिर दुबै गर्छिन्। एउटा संस्थामा उद्यम गर्नेहरुलाई परामर्श दिन्छिन् । इलाममा उत्पादन भएका कृषिजन्य सामाग्री काठमाडौंमा ल्याएर बेच्छिन्। उनले आफ्ना भाइ-बैनीहरुलाई रोजगार समेत दिएकी छिन्।

सुबुनाले एमबिए सकेकी छिन्। २६ वर्षकै भएपनि राजनितीमा उनी नयाँ होइनन्। सुबुना २०६८ सालदेखि नै विवेकशील पार्टीमा आवद्ध भएको बताउँछिन्। पार्टीको संगठन निर्माण र उद्ययमशिल विकाश  कार्यमा संग्लग्न रहेर धेरै काम गरेको अनुभव छ।

सुबुना केही काम नगरेको अपरिपक्व भनेर आलोचना गर्नेहरुलाई अध्यन गर्न आग्रह गर्छिन्। भन्छिन्, ‘म विगत लामो समयदेखि राजनीतिमा छु। विभिन्न अभियानमा समाजसँग जोडिएर काम गरेका छु। विवेकशील पार्टीलाई सानो टिमबाट यहाँ ल्याउन भूमिका छ। म सक्षम छु भन्ने प्रमाणित गरिसकेको छु।’

सुबुनाले उम्मेदवारी घोषणा गरेसँगै उनको समर्थन र विरोधमा धेरै चर्चाहरु चल्न थालिसकेका छन्। कांग्रेस नेता गगन थापाको क्षेत्रबाट प्रतिस्पर्धामा रहेको कारण पनि उनको चर्चा धेरै छ।

युवा भएर युवाकै क्षेत्रमा चुनावमा उत्रिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिक्का-टिप्पणी भएका छन्। यसबारे उनलाई कुनै चिन्ता छैन्। प्रजातन्त्रमा विश्वास गर्नेहरुले यस्तो कुरा गर्न नसुहाउने उनी बताउँछिन्।

‘कसैका समर्थकले लगाएको आरोप मात्र हो। चुनावमा क्षेत्र भन्ने हुँदैन्। जनताले आफूले मन पराएको व्यक्तिलाई गोप्य मतदान गर्ने हो।’ भन्छिन्, ‘म गगन थापाको विरुद्ध हैन अराजकता, भ्रष्टाचार, कुसंस्कारको विरुद्ध लडेको हो।’

सुबुना चुनावी मैदानमा होमिन मानसिक रुपमा तयार भइसकेको सुनाउँछिन्। कुनै पार्टी वा व्याक्तिविरुद्ध भन्दा पनि बेथितिबिरुद्ध लड्ने उनको भनाइ छ।

‘हाम्रो नियत सफा छ। हामी अध्ययनशील छौँ। अरुभन्दा तुलनात्मक रुपमा सक्रिय पनि। हाम्रो मूल्य-मान्यता पतन भएको छैन्’ सुबुना भन्छिन्।'

त्यसैले विकास र परिवर्तनको विकल्पको आफूँहरु मात्र भएको तर्क गर्छिन्।

युवाहरु दुई किसिमले आफ्नो ठाउँ छोड्नु परेको सुबुना सुनाउँछिन। गाउँमै शिक्षा र देशमै रोजगार भए युवाहरु खाडी जानु नपर्ने उनको कथन छ।

भन्छिन, ‘अहिलेका नेताहरुले देश विकास गर्ने भए हामीजस्ताले आफ्नो ठाउँ छोड्नु पर्दैनथ्यो। नत दिनहुँ एयरपोर्टमा बाकसमा शव भित्रिदैन्थ्यो। देश नेताहरुले हैन युवाहरुले पसिना बगाएर पठाएको रेमिट्यान्सले चलेको छ।’

यी सबै बाध्यता परिवर्तन गर्न सक्ने सुबुनाको तर्क छ। यी सबै बाध्यताहरु परिवर्तन गर्न राम्रो मानिसले चुनाव जित्नुपर्ने बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell