PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाकिस्तानका पुर्वप्रधानमन्त्री सरिफ अदालतद्वारा भ्रष्टाचारी ठहर



पहिलोपोस्ट

पाकिस्तानका पुर्वप्रधानमन्त्री सरिफ अदालतद्वारा भ्रष्टाचारी ठहर

इस्लामाबाद:  बर्खास्तीमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ।

पानामा पेपर्स प्रकरणमा परेका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन्।

नाम नबताउने सर्तमा ती अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाईँलाई पनि अदालतले दोषी ठहर गरेको छ। छोरी र ज्वाईँलाई लण्डनको सम्पत्ति सम्वन्धी विवादमा दोषी ठहर गरिएको हो।”

दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्वीकार गरेकी छिन्। उनले अदालतको फैसला निराधार रहेको बताएकी छन्।

“अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निश्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पुर्वाग्रही फैसला हामी मान्दैनौं,” उनले भनिन्।

भ्रष्टाचारको मुद्धामा छानविन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो।

पाकिस्तानको ७० बर्षको इतिहासमा प्रधानमन्त्रीको पूर्ण कार्यकाल नै पूरा नगरी बाहिरिनु परेका प्रधानमन्त्रीमध्ये सरिफ १५औँ प्रधानमन्त्री हुन्।

उनी र उनको परिवारले पदको दुरुपयोग गरी अत्याधिक विलासी जीवनशैली अपनाएको, लण्डनमा अकुत सम्पत्ति संकलन गरेको लगायतको विवरणसहितको समाचार गत वर्ष पानामा पेपर्सले सार्वजनिक गरेको थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell