PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लक्ष्मीपूजाको दिन भक्तपुर अँध्यारो हुनुको कारण मुसा, दिनभर कुलमान खटिएपछि साढे ७ देखि बल्यो बत्ती



लक्ष्मीपूजाको दिन भक्तपुर अँध्यारो हुनुको कारण मुसा, दिनभर कुलमान खटिएपछि साढे ७ देखि बल्यो बत्ती

काठमाडौं : लक्ष्मी पूजाको दिन बिहानदेखि राति ७ बजेसम्म भक्तपुर अँध्यारो रह्यो। नेपाल विद्युत प्राधिकरणको भक्तपुर सबस्टेसन स्थित १३२/११ केभी २२.५ एमभिए ट्रान्सफरमरमा समस्या आएपछि विद्युत आपूर्ति बन्द भएको थियो। ट्रान्सफरमरको सर्किट ब्रेकरमा समस्या देखिनुको कारण थियो- मुसा। 

मुसाका कारण ४५ एमभिए अन्तर्गत विद्युत आपूर्ति रोकिएको थियो। समस्या समाधानका लागि काममा तीब्रता दिन प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयं साइटमा गएका थिए।

दिनभरको प्रयासपछि राति साढे ७ बजेदेखि बल्ल त्यहाँ विद्युत आपूर्ति सुचारु भयो। 

लक्ष्मीपूजाको दिन विद्युतको माग अत्यधिक हुने भएकोले घिसिङ भक्तपुरबाट सीधै स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेका छन्। विद्युत माग, आपूर्ति र व्यवस्थापन मिलाउने कार्यालय यही हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell