PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ध्रुव प्रसाद अँगार्इको 'चिनारी' सार्वजनिक



पहिलोपोस्ट

ध्रुव प्रसाद अँगार्इको 'चिनारी' सार्वजनिक

काठमाडौं: गीतकार ध्रुव प्रसाद अँगाईको गीति एल्बम 'चिनारी' सार्वजनिक भएको छ। उनको शब्द रहेका गीतहरुको संकलन उनले तिहारको छेको पारी बजारमा ल्याएका हुन्।

सार्वजनिक एल्बममा अँगाईका नयाँ तथा पुराना गीतहरु समावेश छन्। एल्बममा ९ गीत समावेश छन्। गीतहरुमा मनोजराज सिवाकोटी, अञ्जु पन्त, रामचन्द्र काफ्ले, जुनर रिजाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, चेतन सापकोटा, नरेन्द्र प्यासी लगायतको स्वर दिएका छन्। अमगाईंको गीतहरुमा संगीत भने अर्जुन पोखरेल, राजेश थापा, तुला पर्बत, राजकुमार बगर लगायतको छ।

११ वर्षदेखि मकाउमा कार्यरत ध्रुव प्रसाद अँगाईको गीति एल्बम 'चिनारी'लाई विन्ध्याबासीनी म्युजिकले सार्वजनिक गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell