PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेसको उम्मेदवार छनोट टिममा विजय गच्छदार पनिः पहिलो चरणका ३२ जिल्लाका उम्मेदवार आज टुंग्याउँदै 



रमेश वाग्ले

कांग्रेसको उम्मेदवार छनोट टिममा विजय गच्छदार पनिः पहिलो चरणका ३२ जिल्लाका उम्मेदवार आज टुंग्याउँदै 

काठमाडौं :  नेपाली कांग्रेसले पहिलो चरणका ३२ जिल्लाका ३६ प्रतिनिधिसभा र ७२ प्रदेशसभा सदस्य उम्मेदवार आज टुंग्याउने भएको छ। 

बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटामा बसेको संसदीय समितिको बैठकले आज साँझसम्म २५ जिल्लाका लागि उम्मेदवार छानिसक्ने जनाएको छ। 

‘सात जिल्लाको दुई दिन अघि नै उम्मेदवार छनौट भइसकेका छन्’ कांग्रेस नेता डाक्टर प्रकाशरण महतले भने, ‘पहिलो चरणमा हुने बाँकी २५ जिल्लामा आजै साँझसम्म टुंग्याउने तयारीमा लागेका छौं।’ महतले २५ मध्ये धेरै जिल्लाका उम्मेदवार टुंगो लागिसकेको भन्दै साँझसम्म पहिलो चरणमा हुने सबै जिल्लाका उम्मेदवार टुंग्याउने जानकारी दिए। 

पूर्वी पहाडी जिल्लाबाट उम्मेदवार छनो सुरु गरेको नेपाली कांग्रेसले दुर्गमका जिल्लाका उम्मेदवारलाई तिहारभित्रै टिकट दिएर विदाई गर्ने तयारी गरेको छ। 

दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाहरुमा भने पहिलो चरणको उम्मेदवारको मनोनयन दर्तापछि मात्र उम्मेदवार छनोटमा बस्ने कांग्रेसले जनाएको छ। 

नेपाली कांग्रेसको उम्मेदवार छनोट गर्ने समितिमा भर्खरै नेपाल लोकतान्त्रिक फोरमबाट पनि प्रतिनिधित्व भएको छ। 

एकीकरण अघि लोकतान्त्रिक फोरमको अध्यक्ष रहेका विजय गच्छदार पनि कांग्रेसको टिकट वितरण गर्ने संसदीय समिति बैठकमा सहभागी छन्। 

औपचारिक रुपामा सार्वजनिक नगरेपनि कांग्रेसको संसदीय समितिमा उनीसहित ३२ सदस्य भएका छन्। 

नेपाल लोकतान्त्रिक फोरमबाट आएका कांग्रेस नेता रामजनम चौधरीले हिजो एकीकरण अघि फोरम पक्षले कति सिट पाउने भन्ने विषयमा कुराकानी भएपनि अब त्यसको औचित्य नरहेको बताए। 

‘हिजो पार्टी एक नहुँदासम्म कसले कति सिट पाउने भन्ने विवाद थियो तर अब हामी सबै कांग्रेस भइसकेपछि त्यो विवाद पनि रहेन,’ चौधरीले भने, ‘त्यसैले अहिले हामीले जित्ने मान्छे नछुटुन् भन्ने हो। कुनै क्षेत्रमा कांग्रेस भित्रबाट जुन पक्षको बलियो हुन्छ उसलाई नै निर्वाचचन उठाउने हो।’ उनले हिजोसम्मको दुई पक्ष भन्ने भावना अव सकिएको भन्दै जित्ने मान्छेलाई नदिए पार्टीलाई नैं क्षति हुने भएकाले सबैले विवेक प्रयोग गरेर उम्मेदवार छनोट गर्ने बताए। 

नेपाली कांग्रेसको संसदीय समिति बैठक बालुवाटारमा जारी छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell