PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तिहार रिलिज: दुई नेपाली र एक हिन्दी फिल्म पर्दामा



पहिलोपोस्ट

तिहार रिलिज: दुई नेपाली र एक हिन्दी फिल्म पर्दामा

काठमाडौं: फ्राइडे रिलिजको नियम बाहिर निस्किएर दुई नेपाली फिल्म 'छक्का पञ्जा २' र 'मेरो पैसा खोइ?'को फूलपाती रिलिज गरियो। त्यसको दुई साता पछिसम्म कुनै नेपाली फिल्म पर्दामा उत्रिएनन्। यो साता भने फ्राइडे रिलिजको नपर्खी विहीबार नै दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। 'रानी' र 'रुद्रप्रिया' रिलिज भएका हुन्।

त्रिकोणात्मक प्रेम कथा रहेको भनिएको फिल्म 'रानी'मा प्रेम, एक्शन र सस्पेन्स देखाउँछ। फिल्ममा मुख्य चार कलाकार मलिना जोशी, अनुपबिक्रम शाह, शारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ, सुसान खड्काको अभिनय रहेको छ। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। जय माँ अम्बे फिल्मसको प्रस्तुती फिल्म रानीमा नवअभिनेताहरु शारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठ साथै अन्य कलाकार मलिना जोशी, अनुपबिक्रम शाही र सुसान खड्काको पनि मुख्य अभिनय रहेको छ। फिल्मलाई दयाराम दाहालको निर्देशन गरेका हुन् भने भानु महर्जन र बिमल गुभाजुले संयुक्त रुपमा निर्माण गरेका हुन्।

त्यस्तै फिल्म रेखा थापा र आर्यन सिग्देल स्टारर 'रुद्रप्रिया' पनि विहीबारबाट प्रदर्शनमा आएको छ। तिहार बिदाको फाइदा उठाउँदै रिलिज भएको रुद्रप्रिया एसिड अट्याक पीडित र बलात्कृत किशोरीहरुको कथामाथि बनेको फिल्म हो। फिल्ममा सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहेको छ। रेखा थापा, आर्यन सिग्देलको, राजन ईशान, टिका पहारी लगायतले अभिनय रहेको छ। रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ।

बलिउडतर्फ भने नेपालको लागि आमिर खान निर्मित तथा स्टारर फिल्म 'सिक्रेट सुपरस्टार' रिलिज भएको छ।‘सीक्रेट सुपस्टार’मा जायरा वसीम, आमिर खान, राज अर्जुन र मेहर विजको अभिनय रहेको छ। अद्वैत चन्दनको लेखन तथा निर्देशनमा फिल्म बनेको हो। 

हलिउडको नयाँ फिल्म नेपाली पर्दामा सार्वजनिक भएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell