PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दीपक मनाङे भन्छन् 'पैसा लुटेको हैन, कांग्रेसले बाँड्न लाग्दा नियन्त्रणमा लिएको हो'



पहिलोपोस्ट

दीपक मनाङे भन्छन् 'पैसा लुटेको हैन, कांग्रेसले बाँड्न लाग्दा नियन्त्रणमा लिएको हो'
तस्बिर: फाइल

काठमाडौं: मनाङ जिल्लाबाट प्रदेशसभामा एमाले उम्मेद्वारमा सिफारिसमा परेका राजीव गुरुङ भनिने दीपक मनाङेले आफूलाई बदनाम गराउने षडयन्त्र भइरहेको दाबी गरेका छन्। आफू चुनाव प्रचारप्रसारका क्रममा मनाङ पुगेका बेला अनावश्क रुपमा आर्थिक लेनदेनमा जोडेको उनले बताएका छन्। कांग्रेसले आफूलाई बदनाम गराएको उनको दाबी छ।

स्थानीय होटल ब्यवसायीसँग रकम लुटेको आरोप मनाङेमाथि लागेको छ।

मनाङेले भने आफ्नो टोलीले कांग्रेसले चुनावमा बाँड्न लगेको पैसा नियन्त्रणमा लिएको दाबी गरेका छन्।

'हामीले राति कांग्रेसले बाँड्न लागेको पैसा नियन्त्रणा लिएका हौं। राति पैसा बुझाउने कुरा भएन बिहानै प्रहरीलाई पैसा बुझाइसकेका छौं' उनले पहिलोपोस्टसँग भने।  

२८ गते फू'गाउँमा होटल बनाउनको लागि काठमाडौंबाट ऋण धन गरेर गाउँ जाँदै गरेका दुई जना युवाको साथमा रहेको १० लाख रुपैयाँ मनाङे र एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङको निर्देशनमा लुटिएको आरोप उनीहरुमाथि लागेको छ। यसबारेमा प्रहरीमा पनि उजुरी परेको छ।

नेपाली कांग्रेस मनाङले एमाले उम्मेदवार मनाङेले चुनावप्रचारका नाउँमा अराजक गतिविधि बढाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा ध्यानाकर्षण समेत गराइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell