PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आगलागीमा कमजोरी स्वीकार्दै पोर्चुगलका आन्तरिक प्रशासन मन्त्रीले दिइन् राजीनामा



पहिलोपोस्ट

आगलागीमा कमजोरी स्वीकार्दै पोर्चुगलका आन्तरिक प्रशासन मन्त्रीले दिइन् राजीनामा
फोटो श्रोतः netralnews.com

लिस्बोन :  पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजिनामा दिएकी छन्। 

भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उनले राजिनामाको घोषणा गरेकी हुन्। 

आफ्नो राजीनामा पत्रमा उनले लेखेकी छन्,‘यस्तो अवस्थामा म पदमा बसिरहन सुहाउने कुरा होइन, मेरो नैतिकता र आत्मसम्मानका लागि पनि मैले राजीनामा दिनु उपयुक्त हुने ठानेको छु। त्यसैले मेरो राजीनामालाई सबैले स्वीकार्नु हुनेछ भन्ने विश्वास लिएको छु।’

उनको राजिनामा प्रधानमन्त्री एन्टोनिओ कोस्टले स्वीकृत गरेका छन्। राजिनामा स्वीकृत गर्दै प्रधानमन्त्री कोस्टले मन्त्री सोउसालाई धन्यवाद दिएका छन्। 

उनले भने,‘राजिनामा दिने सही निर्णय गरेकोमा र आफ्नो जिम्मेवारी पूरा गर्नका लागि हरदम प्रयत्न गरेकोमा उहाँलाई धन्यवाद छ।’

आगलागीपछिको संकटपूर्ण अवस्थामा व्यवस्थापन गर्न नसकेको, आगलागी नियन्त्रण गर्न नसकेको र आगलागी नियन्त्रणका लागि पूर्व तयारी राम्रोसँग नगरेको भन्दै मन्त्री सोउसाको सार्वजनिक रुपमा चर्को आलोचना भएको थियो। 

गत चार महिनामा मात्रै पोर्चुगलमा भएका आगलागीका घटनामा एक सयभन्दा बढीको मृत्यु भएको छ। गत आइतबार पोर्चुगलको उत्तर र मध्यक्षेत्रमा झण्डै ५०० ठाँउमा आगलागी भएको थियो। आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टी गरेका छन्। 

यो भन्दा अगाडि पेड्रोगाओ क्षेत्रमा गत जुनमा भएको आगलागीमा परी ६४ जनाको मृत्यु भएको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell