PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

च्याम्पियन्स लिग : बार्सिलोना, पिएसजी र युनाइटेडको शतप्रतिशत जित, चेल्सी र रोमाले खेले बराबरी



पहिलोपोस्ट

च्याम्पियन्स लिग : बार्सिलोना, पिएसजी र युनाइटेडको शतप्रतिशत जित, चेल्सी र रोमाले खेले बराबरी

बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लगातार तीन खेल जितेको छ भने चेल्सी रोमासंग बराबरीमा रोकिएको छ। यस्तै वायर्न म्युनिख पनि विजयी भएको छ।लियोनल मेसीले युरोपियन क्लब प्रतियोगितामा गोल संख्या १०० पुर्‍याउँदा बार्सिलोनाले समूह डि मा दश खेलाडीमा झरेर पनि ओलम्पियाकोसलाई ३-१ ले हरायो। उक्त उपलब्धी हासिल गर्ने मेसी दोस्रो खेलाडी हुन। रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले युरोपियन प्रतियोगितामा ११३ गोल गरिसकेका छन्। 
 

ओलम्पियाकोसका दिमिट्रिसको आत्मघाती गोल मार्फत अग्रता लिएको बार्सिलोनाका लागि मेसी र लुकास डिग्लेदोस्रो हाफमा गोल गरे।

पहिलो हाफको अन्त्यतिर जेरार्ड पिके रातो कार्ड पाउँदै मैदान बिहिरएपछि बार्सा १० खेलाडीमा झरेको हो। ओलम्पियाकोसका लागि दिमिट्रिसले नै एक गोल फर्काए।

लगातार तीन जितपछि बार्सिलोना समूह डी मा ९ अंकका साथ शीर्ष स्थानमा छ। स्पोर्टिङलाई २-१ ले हराएको युभेन्ट्स ६ अंकका साथ दोस्रो स्थानमा छ।

समूहमा बी मा पिएसजीले एन्डरलेक्टलाई ४-० ले हराउँदा चार फरक खेलाडीले गोल गरे। पिएसजीलाई लगतार तेस्रो जित दिलाउन केएलिन एमबापे, एडिनसन कभानी, नेमार र एन्जल डि मारियाले गोल गरे। यसै समूहको अर्को खेलमा वायर्न म्युनिखले सेल्टिकलाई ३-० ले पराजित गर्‍यो। वायर्नका लागि थोमस मुलर, जोस्अ किमिच र माट्स हुमल्स्ले गोल गरे।

मार्कुस रासफोर्डको एक मात्र निर्णायक गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले वेनफिकालाई १-० ले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ। युनाइटेडका लागि रासफोर्डले ६४औँ मिनेटमा गोल गरे। जितपछि युनाइटेड समूह ए मा ९ अंकका साथ शीर्ष स्थानमा छ। यस्तै बासेलले सिएसकेए मस्कोलाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।

यता अर्को इंगलिस क्लब चेल्से भने इटालियन क्लब रोमासंग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। चेल्सीका लागि एडेन हाजार्डले दुई तथा डेविड लुइजले १ गोल गरे।

रोमाका लागि एडेन जेकोले २ तथा एलेक्जान्डर कोलोरोभले १ गोल गरे। यसैगरी स्पानिस क्लब एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोक्दै अजरवैजानको क्वारावाग एफकेले च्याम्पियन्स लिगमा पहिलो अंक जोडेको छ।

घरेलु मैदानमा भएको खेलमा क्वारावगका डिनोले रातो कार्ड पाएपनि एथ्लेटिकोलाई बराबरीमा रोक्न सफल भएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell