PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साढे २८ लाख रुपैयाँ बराबरको पटाका प्रहरीको नियन्त्रणमा

साढे २८ लाख रुपैयाँ बराबरको पटाका प्रहरीको नियन्त्रणमा


काठमाडौँ : प्रहरीले मंगलबारसम्ममा काठमाडौँमा साढे २८ लाख रुपैयाँ बराबरको पटाका नियन्त्रणमा लिएको छ। पटाकाले निम्त्याउने शारीरिक र आर्थिक क्षति रोक्न जिल्ला प्रशासन कार्यालयको निर्देशनमा अवैध पटका पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रशासनले पटाका पड्काउन र कारोबार गर्न रोक लगाएको छ। प्रशासनले देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न अनुरोध गरेको छ। घरधनीको अनुमती बिना खेल्न नपाइने, १० बजेसम्म पनि शान्ति सुरक्षामाथि दखल नपुर्‍याई, मापसे नगरी देउसी भैलो लगायत सांस्कृतिक कार्यक्रम गर्नु पर्ने प्रहरीले जनाएको छ।

शान्ति सुरक्षामा असर पुग्ने भए नियन्त्रणका लागि प्रहरी परिचालन हुने बताइएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell