PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशनः ढुक्क भएर काम गर्नुस्, मबाट हस्तक्षेप हुँदैन



पहिलोपोस्ट

कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशनः ढुक्क भएर काम गर्नुस्, मबाट हस्तक्षेप हुँदैन

काठमाडौँ :  नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिएका छन्। 

आज मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई स्वास्थ्यमा जनताको हित हुने गरी काम गर्न निर्देशन दिएका हुन्। 

उनले भने, ‘‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुदैँन, देशलाई अगाडि बढाउने प्रमुख जिम्मेवारी तपाइँ स्थायी कर्मचारीकै काँधमा छ, त्यसै राम्रा योजना ल्याउनुस्, पूर्वमन्त्रीका राम्रा कामलाई निरन्तरता दिनुस्, बिना तनाब ढुक्कसँग काम गनुहोस्।’

स्वास्थ्य मन्त्री बोहराले आफू २०४१ सालमा यातायात मन्त्री हुँदा मन्त्रालयलाई धूमपानरहित मन्त्रालय बनाएको प्रसंग झिक्दै धेरै कर्मचारी त्यसको विपक्षमा भएपछि छुट्टै कोठा बनाइ त्यहाँ मात्र धूमपान गर्न सकिने व्यवस्था गरेको बताए। 

उनले भने, ‘स्वास्थ्य मन्त्रालयमासमेत यस्तो सोच थिएन, यस्तो निर्णयपछि दक्षिण एसियामै हामीले पहिलो धूमपानरहित मन्त्रालयका रुपमा प्रशंसा पाएका थियौँ, स्वास्थ्यमा पनि सबैको हित हुने केही नयाँ काम गरौँ।’

महँगो स्वास्थ्य सेवाका कारण जनताले आफ्नो आम्दानीले गुणस्तरीय सेवा नपाइरहेको भन्दै उनले सरकारले सुलभ स्वास्थ्य सेवाको वातावरण बनाउनुपर्ने बताए। 

मन्त्री बोहराले पदभार ग्रहण गर्दै सहरी स्वास्थ्य नीतिसम्बन्धी संशोधन फाइल र भूकम्पले क्षति गरेका २५२ स्वास्थ्य संस्था निर्माणसम्बन्धी फाइल सदर गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell