PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिल्म 'झ्यानाकुटी'को प्रचारलाई ट्रेलरसँगै फोटो कन्टेस्ट



पहिलोपोस्ट

फिल्म 'झ्यानाकुटी'को प्रचारलाई ट्रेलरसँगै फोटो कन्टेस्ट

काठमाडौं: फिल्म ’झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक भएको छ। मङ्गलबार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरका दुइ पात्र सौगात मल्ल र बेनिशा हमाल केन्द्रित छ। ट्रेलर रिलिज कार्यक्रममा फिल्म युनिटले फोटो कन्टेस्ट पनि घोषणा गर्‍यो।

अभिनेत्री निशा अधिकारी यसै फिल्म मार्फत निर्माताको रुपमा डेब्यु गरेकी छिन्। सिमोश सुनुवार निर्दे्शित फिल्मको नयाँ प्रचार सुत्र 'फोटो कन्टेस्टमा' फिल्मको पोस्टमा बेनिशाले सौगातलाई बोके झैँ आफ्नो प्रेमी वा श्रीमानको तस्वीर प्रेमिका वा श्रीमतीले फेसबुकमा पोस्ट गर्नु पर्ने हुन्छ। उक्त तस्वीर पोस्ट गर्दा #jhyanakuti र #nov17 पनि लेख्नु पर्नेछ।



फोटो कन्टेस्टको समयावधि एक महिना राखिएको छ भने यसको विजेताले ५१ हजार जित्नेछन्। विजेता पोस्ट गरिएको तस्वीरमा आएको लाइकको आधारमा छानिनेछ। सबै भन्दा बढी लाइक आउने तस्वीरको जोडीलाई ५१ हजार प्रदान गरिने निर्माण पक्षले बताएका छन्।

कमेडी जनराको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। झ्यानाकुटी आउँदो मङ्सिर १ गतेबाट प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell