PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

असनबाट २५  लाख बराबरको पटाका बरामद



पहिलोपोस्ट

असनबाट २५  लाख बराबरको पटाका बरामद

काठमाडौं :  प्रहरीले उपत्यकाबाट ठूलो परिमाणमा पटाका तथा तिहारमा जलाउने विष्फोटक पदार्थ बरामद गरको छ। 

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले मंगलवबार राति असन नागननी गल्लिस्थित एक घरबाट विष्फोटक पदार्थ बरामद गरेको हो।

सिन्धुपाल्चोकको मेलम्ची नगरापालिका १ का २५ वर्षीय अमृतप्रसाद चौलागार्इँले संचालन गरेको अमृत खेलौना पसलबाट पटाकालगायतका विष्फोटक पदार्थ बरामद गरेको वृत्तका प्रमुख डिएसपी मोहन कुमार थापाले जानकारी दिए।

प्रहरीले  विभिन्न १६ प्रकारका २५ लाख रुपैयाँ बराबरको पटका बरामद गरेको जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell