PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

च्याम्पियन्स लिग : रियल बराबरीमा रोकियो, सिटी र लिभरपुल विजयी



पहिलोपोस्ट

च्याम्पियन्स लिग : रियल बराबरीमा रोकियो, सिटी र लिभरपुल विजयी

साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा टोटनहम हट्सपरसँग बराबरीमा रोकिएको छ।

रियल र टोटनहमले बराबरी खेल्दा अन्य दुई इंगलिस क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने विजयी भएका छन्।

घरेलु मैदान बर्नाबेउमा भएको समूह चरणको दोस्रो खेलमा रियलले टोटनहमसँग १-१ बराबरी खेल्दै अंक बाँडेको हो। रियलका राफेल भरानको आत्मघाती गोलमार्फत टोटनहमले पहिले अग्रता लिएको थियो। तर क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए।

यता चार मिनेटको अन्तरमा गरेको दुई गोल मद्दतमा सिटीले नेपोलीलाई २-१ ले हरायो। सिटीका लागि नवौँ मिनेटमा रहिम स्टर्लिङ र १३औँ मिनेटमा गाब्रिएल जेससले गोल गर्दै २-०  को अग्रता दिलाएका थिए। नेपोलीले दुई पटक पेनाल्टी पाएको थियो र बराबरी गर्ने अवसर थियो। तर ३८औँ मिनेटमा प्राप्त पेनाल्टी ड्राई मर्टेन्सले चुकाए भने ७३ अमादोउ डिएएराले मात्र पेनाल्टीमा गोल गरे।

रोवर्टो फिर्मिन्हो र मोहम्मद शलाहले २-२ गोल गरेको खेलमा लिभरपुलले मारिवोरलाई ७-० को फराकिलो अन्तरले हरायो। लिभरपुलका लागि फिलिप काउटिन्हो, एलेक्स च्याम्बरलेइन र अलेक्जान्डर अर्नोल्डले १-१ गोल थपे।

अन्य खेलमा स्पार्टक मस्कोले सेभियालाई ५-१ ले पराजित गर्‍यो। भने साख्तर डोनेस्कले फेयेनुर्डलाई २-१ ले हरायो। यस्तै बोरुसिया डर्टमण्ड एपोइल निकोसियासँग १-१ को बराबरीमा रोकियो।

अर्को जर्मन क्लब लेइपजिगले भने एफसी पोर्टोलाई ३-२ ले पराजित गर्दा बेसिकटासले मोनाकोलाई २-१ ले हरायो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell