PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अफगानिस्तानमा सेनाको कारबाहीमा ३४ लडाकुको मृत्यु



पहिलोपोस्ट

अफगानिस्तानमा सेनाको कारबाहीमा ३४ लडाकुको मृत्यु

खोस्ट: अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा सोमबार अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतङ्ककारी समूहका २६ जना लडाकू मारिएका छन्।

उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेनाले उनीहरुको खोजी गरिरहेको थियो। सोमबार साँझ अफगान सुरक्षा फौज र हक्वानी नेटवर्कका लडाकूहरुबीच भिडन्त पनि भएको थियो। उक्त भिडन्तमा परी अरु केही लडाकू पनि घाइते भएका छन्।

सो भिडन्तमा परी मारिएका २६ जनाको शव भेटिएको र घाइते भएका ७ जनालाई अफगान सेनाले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएको खोस्टका गभर्नरले जानकारी दिएका छन्। खोस्टमा मङ्गलबार बिहान पनि भिडन्त जारी नै रहेको अधिकारीहरुले बताएका छन्।

उता अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा आठ जना तालिबान र इस्लामिक स्टेट्स (आइएस) आबद्ध लडाकू मारिएका छन्। अफगान गृह मन्त्रालयले मङ्गलबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको छ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयता लुकेर बसेका आतंककारीलाई लक्षित गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

यस कारबाहीमा मारिनेमा केही तालिबान र केही आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

अफगान सरकारी सुरक्षा बलले गरेको यस कारबाहीमा उक्त क्षेत्रमा आइतबार पनि कैयौँ हतियारधारी मारिएको बताइएको थियो।

त्यस क्षेत्रमा पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ। सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell