PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फुटसल क्वालिफायर : तेस्रो खेलमा नेपालको ३ गोल तर तुर्कमिनेस्तानसंग पराजित



पहिलोपोस्ट

फुटसल क्वालिफायर : तेस्रो खेलमा नेपालको ३ गोल तर तुर्कमिनेस्तानसंग पराजित

काठमाडौं : इरानमा भइरहेको एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायरमा नेपालले लगातार तेस्रो हार बेहोर्दै पहिलो अन्तर्राष्ट्रिय फुटसल यात्रा टुङ्गाएको छ।

साउथ एण्ड सेन्ट्रल जोन अन्तर्गत क्वालिफायरमा नेपाल मंगलबार तुर्कमिनेस्तानसंग ९-३ ले पराजित भएको हो।

नेपालले तेस्रो खेलमा ३ गोल गरेर पनि पराजित भयो। पहिलो खेलमा १ गोल गरेको नेपालले दोस्रो खेलमा गोल गर्न सकेन।

तुर्कमिनेस्तानलाई जित दिलाउन सोल्तानोभ मास्कत अताएभ भतानले २-२ गोल गरे भने कुर्बानोभ अलामाएरात, अन्नागुलिएभ, गुर्बानगेल्डी र ओभेजेल १-१ गोल गरे। नेपालका सुरज रख्याल मगरले एक आत्मघाती गोल उपहार दिए।

नेपालको लागि कप्तान सुरज राउत, निर्मल गुरुङ र नवीन लामाले १-१ गोल गरे।

तुर्कमिनेस्तानका गोलरक्षक बेयरामोनोभले खेलको १२औँ मिनेटमै रातो कार्ड पाएका थिए।

नेपाल पहिलो खेलमा उज्वेकिस्तानसंग १४-१ तथा दोस्रो खेलमा कीर्गिस्तानसंग ५-० ले पराजित भएको थियो।

यता उज्वेकिस्तान र कीर्गिस्तान सन् २०१८ मा हुने एएपसी फुटसल च्याम्पियनसिपका लागि छनोट भएका छन्।

कीर्गिस्तानलाई ४-३ ले पराजित गर्दै अपराजित रहेको उज्वेकिस्तान समूह विजेता बन्यो भने कीर्गिस्तान समूह उपविजेता बनेको हो।

नेपाल र तुर्कमिनेस्तान भने छनोटको समूह चरणबाटै बाहिरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell