PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विश्वकप छनोटका लागि युरोपियन प्लेअफ ड्र सार्वजनिक



पहिलोपोस्ट

विश्वकप छनोटका लागि युरोपियन प्लेअफ ड्र सार्वजनिक

युरोपबाट विश्वकप फुटबलमा छनोट हुनका लागि युरोपियन प्लेअफ ड्र सार्वजनिक भएको छ। यसअघि नै युरोपबाट आयोजक रसियासहित १० राष्ट्र विश्वकपका लागि छनोट भइसकेका छन्। 

स्वीट्जरल्याण्डको ज्यूरिचमा मंगलबार भएको ड्र अनुसार उत्तरी आयरल्याण्डले स्वीट्जरल्याण्ड, क्रोएसियाले ग्रीस, डेनमार्कले आयरल्याण्ड र इटलीले स्वीडेनसंग खेल्नेछन्।

युरोपियन छनोट अन्तर्गत विभिन्न समूहका दोस्रो स्थानमा रहेका ९ मध्ये उत्कृष्ट ८ टिमलाई ड्र मा समावेश गरिएको थियो।

जसमा स्वीट्जरल्याण्ड, क्रोएसिया, इटली र डेनमार्क वरीयता प्राप्त टिम थिए भने उत्तरी आयरल्याण्ड, आयरल्याण्ड, ग्रीस र स्वीडेन वरीयताविहिन थिए।

विश्वकप छनोट हुनका लागि दुई लेगमा हुने युरोपियन प्लेअफका खेलहरु नोभेम्वर ९ र ११ तथा १२ र १४ मा होम एण्ड अवेका आधारमा हुनेछ।

अहिलेसम्म विश्वकपका लागि २३ राष्ट्र छनोट भइसकेका छन्। यस्तै अन्तरमहादेशिय प्लेअफ अन्तर्गत पेरु र न्यूजिल्याण्ड तथा होण्डुरोस र अष्ट्रेलियाबीच दुई लेगको खेल हुनेछ।

यी ६ प्लेअफ खेलबाहेक अफ्रिकन छनोटको समूह चरणबाट ३ राष्ट्र छनोट हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell