PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमबिबिएस प्रवेश परीक्षाको नतिजा चिट चोर्ने विद्यार्थीहरुका कारण रोकिने



एमबिबिएस प्रवेश परीक्षाको नतिजा चिट चोर्ने विद्यार्थीहरुका कारण रोकिने

काठमाडौँ : गत असोज २८ गते लिइएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा तत्काललाई रोकिएको चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमले जनाएको छ।

विद्यार्थीहरुले इलेक्ट्रोनिक उपकरण प्रयोग गरी चिट चोरेर पक्राउ परेपछि चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमले नतिजा प्रकाशन स्थगित गरेको हो। 

आफ्नो पूर्वतयारीको कारण चिटचोर्ने विद्यार्थीहरु पक्राउ परेको आइओएमले दावी गरेको छ। 

परिक्षा मर्यादित बनाउन परीक्षा हलभित्र मोबाइल लान निषेध गरेको, विद्यार्थीले प्रयोग गर्ने जेल पेन आइओएमले उपलब्ध गराएको, निरीक्षकहरुलाई विशेष तालिम दिइएको र केन्द्रीय अनुसन्धान ब्युरोसँग समन्वय गरेको आइओएमले बताएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell