PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एआइपीएस एसियाका कोषाध्यक्षमा निर्वाचित राजवंशीलाई एनएसजेएफको सम्मान

एआइपीएस एसियाका कोषाध्यक्षमा निर्वाचित राजवंशीलाई एनएसजेएफको सम्मान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : इन्टरनेशनल स्पोर्ट्स प्रेस युनियन (एआइपीएस) एसियाका कोषाध्यक्षमा विजयी नेपालका खेल पत्रकार निरन्जन राजवंशीलाई नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सम्मान गरेको छ।

मंगलबार राजधानीमा कार्यक्रम आयोजना गरी एनएसजेएफले एनएसजेएफका पूर्वअध्यक्ष समेत रहेका राजवंशीलाई सम्मान गरेको हो।

राजवंशीको सम्मान कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ पनि उपस्थित थिए।

दोस्रो पटक एआइपीएसको कोषाध्यक्षमा निर्वाचित भई नेपाली खेलकुद पत्रकार र समग्र नेपालकै नाम उचो बनाउन सफल भएको भन्दै उपस्थित सबै जनाले राजवंशीलाई अझैअगाडि बढ्न र एआइपीएससम्म पुग्न शुभकामना दिँदै हौसला प्रदान गरे।

पाकिस्तानमा गत अक्टोबर ६ मा सम्पन्न एआइपीएसको विशेष साधारण सभाबाट राजवंशी लगातार दोस्रो पटक कोषाध्यक्ष पदमा विर्वाचित भएका थिए।

सन् २०१२ मा पहिलो पटक एआइपीएसमा सदस्य बनेका राजवंशी अघिल्ल कार्यकालमा समेत कोषाध्यक्ष नै थिए।

विस २०१६ देखि लगातार २०६९ सम्म लगातार तीन कार्यकाल मञ्चलको अध्यक्ष रहिसकेका राजवंशी हाल बीबीसी नेपाली सेवामा आबद्ध छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell