PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तिहारमा भक्तपुरको एउटै गाउँबाट तीन करोडको फूल बिक्री 



पहिलोपोस्ट

तिहारमा भक्तपुरको एउटै गाउँबाट तीन करोडको फूल बिक्री 

भक्तपुर : तिहार नजिकिएसँगै भक्तपुरका ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ। तिहारको भाइटीकाका लागि मखमलीको माला उन्न र बजार लान  केटाकेटी, महिला र पुरुषलार्इ भ्याइनभ्याई भएको हो।

आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई तिहारमा भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताए। उनीहरुले रोपनीदेखि १० रोपनी जग्गामा मखमली फूलखेती गर्ने गरेका छन् । वैशाख–जेठमा छर्ने मखमली फूल साउनदेखि फूल्न थाल्छ।



स्थानीयवासी कर्णबहादुर वनमाला फूलबाट मनग्य आम्दानी भएपछि मखमली फूलखेतीतर्फ आकर्षित भएको बताउन्छ। उनीहरुले तिहारमा फूल बेचेर एक लाखदेखि आठ लाखसम्म कमाउने गरेका छन्। बिहानमा फूल टिप्ने र दिनभरी माला गाँस्ने गरेको अम्बिका वनमाले बताए। अहिले मखमली फूलको माला १०० रुपैयाँ सम्ममा बिक्री हुन्छ। अहिले कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि पूर्वमा काभ्रेको विभिन्न ठाउँमा समेत यहाँका फूलको माला बिक्री हुन्छ।



जिल्लामा ताथलीलगायत गुण्डु, कटुञ्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोटमा व्यावसायिक मखमली र सयपत्री फूलखेती गरिँदै आएको छ। एक रोपनी खेतको भाडा  ६ हजारदेखि १० हजार तिर्ने किसानले एक रोपनी जग्गामा फूलबाट ४० हजारसम्म आम्दानी गर्ने गरेका छन्। रासस




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell