PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फिल्म 'अम्रापाली' निर्देशकको निधन



पहिलोपोस्ट

फिल्म 'अम्रापाली' निर्देशकको निधन

बलिउड फिल्मकर्मी लेख टण्डनको सोमबार बेलुकी दाह संस्कार भएको छ। चर्चित फिल्म 'अम्रापाली' निर्देशक टण्डनको आइतबार घरमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

८८ वर्षिय निर्देशक वृद्ध अवस्थाका कारण उनको शारीरिक अवस्था कमजोर बन्दै गएको थियो। अस्वस्थ टण्डन परिवारको साथमा पोवाइमा बस्दै आएका थिए।

सन् १९२९ मा लाहोरमा जन्मिएका लेखले बलिउडका प्रोफेसर, प्रिन्स लगायत फिल्म र दिल दरिया जस्ता टेलिफिल्म निर्देशन गरेका थिए। चरित्र अभिनेताको रुपमा पनि काम गरेका उनलाई रङ्ग दे बसन्ती, चेन्नाई एक्सप्रेस, स्वदेशा फिल्महरुमा देख्न सकिन्छ। लेख टण्डन निर्देशित अम्रापाली स्मरणिय फिल्म हो। सन् १९९६ को फिल्ममा संजय दत्त र विजयोथिम्लाको मुख्य अभिनय रहेको थियो। फिल्म ३९ औं अस्कर अवार्डका लागि विदेशी भाषातर्फको उत्कृष्ट फिल्मका लागि चयन भएको थियो। उनको अर्को फिल्म 'दुल्हन वही जो पिया मन भए' फिल्मले फिल्म फेयर अवार्डमा बेस्ट स्क्रिनप्ले अवार्ड जितेको थियो।

टण्डनले शाहरुख खानलाई पहिलोपटक पर्दामा ब्रेक दिएको खानले अन्तर्वाताहरुमा बताउँदै आएका छन्। उनले सन् १९८८ मा टेलिश्रृङ्खला फौजीमार्फत अभिनयमा डेब्यु गराएका हुन्। उनलाई श्रद्धाञ्जली व्यक्त गर्दै विभिन्न कलाकार र फिल्मकर्मीले ट्विट लेखेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell