PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नक्कली लब्धाङ्क पत्र बनाई बेच्ने गिरोहका एक सदस्य पक्राउ



पहिलोपोस्ट

नक्कली लब्धाङ्क पत्र बनाई बेच्ने गिरोहका एक सदस्य पक्राउ

कलैया :  विभिन्न तहको नक्कली लब्धाङ्क पत्र बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

एसइइ परीक्षाको नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी डाबर नेपाललगायत अन्य करखानामा जागिर लगाउनेसमेत काम गर्दै आएका सर्लाही इश्वरपुर नगरपालिका–९ का अवधेश साहलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका अधारमा साहलाई असोज २८ गते जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपालको अगाडि सडकबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट एसइइका नक्कली लब्धाङ्क पत्र फेला पारेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता भुनेश्वर साहले जानकारी दिए। 

नक्कली लब्धाङ्क पत्र बनाउने सञ्जालमा बारा, पर्सा र रौतहटका अरु व्यक्तिको पनि संलग्नता देखिएको हुँदा ती व्यक्ति पनि चाँडै प्रहरी नियन्त्रणमा आउने उनले बताए। पक्राउ परेका साहलाई असोज २९ गते नै जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell