PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डा. केसीको स्वास्थ्य बिग्रदो: वार्तामा सहमति भएन, अनशन जारी रहने



सागर बुढाथोकी

डा. केसीको स्वास्थ्य बिग्रदो: वार्तामा सहमति भएन, अनशन जारी रहने
तस्बिर: फाइल

काठमाडौँ: अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको तेस्रो पटकको वार्ता पनि बिनानिश्कर्ष टुंगिएको छ। सोमबार रातिसम्म दुबै पक्षबीच छलफल भए पनि सहमति नभएको केसी पक्षका वार्ता टोली सदस्य अभिषेक राज सिंहले बताए।

सिंहले दोस्रो वार्तामा भएका सहमति पनि सरकारी पक्षले नमानेपछि तेस्रो वार्ता विनानिश्कर्ष टुंगिएको बताए। सिंहले भने, ‘सरकारी वार्ता टोलीले डाक्टर केसीका सातवटै मागमा सहमति जनाउन नसकिने बतायो। कुनै पनि विषयमा सहमति भएको छैन्।’

उनले कुनै पनि मागमा सहमति नभएका कारण अनशन जारी रहने पनि बताए।

वार्तामा केसीले अघि सारेका सातवटै मागका विषयमा छलफल भएको थियो। दोस्रो वार्तामा चिकित्सा शिक्षा विधेयक र आयल निगम प्रमुख गोपाल खड्कामाथिको कारबाहीबारे कानुनी राय लिनुपर्ने सरकारको जवाफका कारण छलफल टुंगोमा पुगेको थिएन। सोमबार पनि उक्त विषय अघि बढ्न सकेन।

१३ दिनदेखि अनशन बसिरहेका केसीको अवस्था चिन्ताजक रहेको छ। उपचारमा संग्लग्न डाक्टरहरुका अनुसार रगतमा ‘क्याल्सियमको’ मात्रा निकै न्युन देखिएकाले मुटुको चालमा गढबढी आउने सम्भावना बढेको छ। केसीको स्वास्थ्यमा खतरा देखिएपछि भेन्टिलेटर तयारी अवस्थामा राख्न अस्पताललाई जानकारी गराइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell