PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रिमियर लिग : लेस्टर वेष्टब्रुमले अंक बाँडे



पहिलोपोस्ट

प्रिमियर लिग : लेस्टर वेष्टब्रुमले अंक बाँडे

प्रिमियर लिगमा गएराती भएको एक मात्र खेलमा लेस्टर सिटी र वेष्टब्रुमले १- को बराबरी खेल्दै अंक बाँडेका छन्। ८० मिनेटसम्म १-० ले पछि परेको लेस्टरका लागि रियाद महारेजले बराबरी गोल फर्काए।

त्यसअघि नासेर चाडलीले गोल गर्दै पाहुन टोली वेष्टब्रुमलाई अग्रता दिलाएका थिए।

यस सिजनमा ८ खेल खेलिसक्दा वेष्टब्रुमको यो चौथो बराबरी भने लेस्टरको तस्रो बराबरी हो।

८ खेलबाट १० अंक जोडेको वेष्टब्रुम अंक तालिकामा दशौँ स्थान छ। यता समान खेलबाट ६ अंक मात्र रहेको लेस्टर पूछारबाट तेस्रो स्थानमा छ।

आठौँ चरणको खेल समाप्तीमा म्यानचेष्टर सिटी २२ अंकका साथी शीर्ष स्थानमा छ भने २० अंक जोडेको अर्को म्यानचेष्टर क्लब युनाइटेड दोस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell