PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फेसबुकमार्फत एक करोड ठगी गर्ने तीन जना पक्राउ



पहिलोपोस्ट

फेसबुकमार्फत एक करोड ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ :  फेसबुकमार्फत बेलायती नागरिकका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बेलायती नागरिकको पेसबुक बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलरसमेत पठाइदिन्छु भन्ने र सो सामान भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त सामान प्राप्त गर्न भारत सरकारको नियमानुसार विभिन्न कर तिर्नुपर्ने भनी आईएमइमार्फत रकम पठाउन लगाई विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने पवन न्यौपाने, भोजपुर हतुवाघडी गाउँपालिका–७ का सन्तोष बस्नेत र मोरङ, सुन्दर हरैंचा–६ का प्रदीप सुब्बा छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell