PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फुटसल क्वालिफायर : नेपालको लगातार दोस्रो हार, कीर्गिस्तानसंग पराजित



पहिलोपोस्ट

फुटसल क्वालिफायर : नेपालको लगातार दोस्रो हार, कीर्गिस्तानसंग पराजित

काठमाडौं : इरानमा भइरहेको एएफसी एसियन फुटसल क्वालिफायरमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको साउथ एण्ड सेन्ट्रल जोन अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल कीर्गिस्तानसंग ५-० ले पराजित भएको हो।

कीर्गिस्तानका लागि तास्तानोभ अक्तईले दुई तथा अलिमोभ मास्कात उलु उलाबेक र कप्तान कानेतोभ एमिलले १-१ गोल गरे।

आइतबार भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसंग १४-२ को फराकिलो अन्तरले पराजित भएको थियो। यता कीर्गिस्तानको भने यो लगातार दोस्रो जित हो। पहिलो खेलमा कीर्गिस्तानले तुर्कमिनेस्तानलाई ५-३ ले हराएको थियो।

अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell