PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

गुन्डा नाइके गणेश लामा कांग्रेस नेताका रुपमा बालुवाटारमा, हेर्नुस् फोटो

गुन्डा नाइके गणेश लामा कांग्रेस नेताका रुपमा बालुवाटारमा, हेर्नुस् फोटो


काठमाडौँ : गुन्डा नाइके गणेश लामा पनि अब नेपाली कांग्रेसका नेता भएका छन्। लामा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य थिए। फोरम आजदेखि नेपाली कांग्रेसमा समाहित भएपछि लामा पनि कांग्रेस नेता बनेका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एकता घोषणा कार्यक्रममा कोटप्यान्ट लगाएर लामा पनि उपस्थित भएका थिए। 

उनी दोस्रो संविधानसभामा काभ्रेको क्षेत्र नं २ बाट फोरम लोकतान्त्रिकका उम्मेदवार थिए तर उनी विजयी भने भएनन्। अकूत सम्पत्ति कमाएको अभियोगमा जेलमा रहेका लामा उम्मेद्‍वारी दिएको भोलिपल्टै ३ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए। मुद्दा विशेष अदालतमा अझै जारी छ। 

अर्का गुन्डा नाइके दीपक मनाङे भने राप्रपा छाडेर एमाले प्रवेश गरेका छन्। एमालेको जिल्ला कमिटीले उनलाई सांसदका लागि सिफारिश पनि गरेको छ। 


 


ट्रेन्डिङ पोस्ट

Ncell