PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फिफा वरीयतामा एक स्थान तल झर्‍यो नेपाल, दक्षिण एसियामा तेस्रो



पहिलोपोस्ट

फिफा वरीयतामा एक स्थान तल झर्‍यो नेपाल, दक्षिण एसियामा तेस्रो

काठमाडौं  : फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले अक्टोबर महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १७६औँ स्थानमा पुगेको हो।

सेप्टेम्बर महिनामा नेपालको १०१ अंक थियो तर एएफसी एसिया कप छनोटअन्तर्गत अक्टोबर १०१ मा भएको खेलमा ताजिकिस्तानसंँग ३-० ले पराजित भएपछि नेपालले ७ अंक गुमायो र एक स्थान तल झरेको हो।

यसअघि नेपालभन्दा अगाडि रहेको भुटानले १६ स्थान गुमाएपछि नेपाल दक्षिण एसियामा भारत र माल्दिभ्स पछि तेस्रो स्थानमा छ।

दुई स्थान सुधार गरेको भारत १०५ तथा दुई स्थान गुमाएको माल्दिभ्स १५६औँ स्थानमा छ।

यसैगरी १६ स्थान तल झरेको भुटान १९०औँ स्थानमा पुगेको छ। बंगलादेश १९६औँ र श्रीलंका १९८औँ स्थानमा छ।

अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तान भने फिफाले निलम्वन गरेको छ र वरीयतामा सामेल छैन।

यता विश्व वरीयतामा जर्मनी शीर्ष स्थानमा कायम छ भने जर्मनी दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो, बेल्जियम पाँचौ तथा पोल्याण्ड छैटौँ स्थान यथावत छन्। एक स्थान सुधार गरेको फ्रान्स सातौँ तथा शीर्ष दशमा फर्केको स्पेन आठौँ स्थानमा छ। यस्तै चिली नवौ स्थानमा छ भने पेरु पहिलो पटक शीर्ष दशमा प्रवेश गरेका छ।

स्वीट्जरल्याण्ड र कोलोम्विया भने शीर्ष दशबाट बाहिरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell