PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

 स्क्रब टाइफसबाट लुम्बिनी अञ्चल अस्पतालमा ४ जनाको मृत्यु



पहिलोपोस्ट

 स्क्रब टाइफसबाट लुम्बिनी अञ्चल अस्पतालमा ४ जनाको मृत्यु

बुटवल : स्क्रब टाइफसबाट लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भदौ दोस्रो सातादेखि असोजसम्म चारजनाको मृत्यु भएको छ।

उपचारका लागि आएका मध्ये ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल  रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीले दाङका एक जना, बुटवलका एक जना, गुल्मीका एक जना र भारतको आसामबाट बुटवल आएकी १३ वर्षीय वालिकाको मृत्यु भएको  जानकारी दिए।

आधिकारिक रुपमा  अहिलेसम्म  कति बिरामीले उपचार गराए र कतिलाई अन्यत्र रिफर गरिएको भन्ने तथ्यांक नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।  

माइट नामको एक प्रकारको सूक्ष्म कीरा (किर्ना)ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन्। यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्ने हुन्छ। 

यो रोग मुसाको कानमा बस्ने गर्छ। मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सर्ने डा सुदर्शन थापाले बताए । नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखापरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell