PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

रुपन्देहीमा  ६१ जना डेंगु रोगका बिरामी फेला, नियन्त्रणका लागि सरसफाई अभियान संचालन



पहिलोपोस्ट

रुपन्देहीमा  ६१ जना डेंगु रोगका बिरामी फेला, नियन्त्रणका लागि सरसफाई अभियान संचालन

  • चन्द्रकान्त खनाल
रुपन्देही :  बुटवलमा डेंगु रोग फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान  संचालन गरिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र बुटवल उपमहानगरपालिकाको  संयुक्त आयोजनामा असोज २८ र २९ गते बुटबल उपमहानगरपालिकाका विभिन्न वडामा यो अभियान संञ्चालन गरिएको हो।

 बुटबल उपमहानगरपालिकाका डेंगुबाट बढी प्रभावित वडा नं ६, ७, ८, ९, १०, ११  मा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान संचालन गरिएको बुटवल उपमहनरपालिकाका स्वास्थ्य  शाखा प्रमुख डा रेमश केसीले जानकारी दिए। 

२०६७÷०६८ सालदेखि रुपन्देहीमा डेंगु देखिएपछि जनस्वास्थ्य कार्यालय र उपमहानगरपालिकाले प्रत्येक वर्ष डेंगु नियन्त्रण अभियान संचालन गर्दै आएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालयका रुपन्देहीका भेक्टर कन्ट्रोल अधिकृत केदार शाहका अनुसार बुटबल भैरहवालगायतका क्षेत्रमा यसवर्ष ६१ जना डेंगुका विरामी फेला परेका छन्।

२०६७/०६८ मा २ सय ९० जनामा डेंगु देखिएकोमा चार जनाको मृत्यु भएको थियो।गत आर्थिक वर्षमा १  सय ६१ जनामा डेंगु फेला परेकोमा  २ जनाको  मृत्यु भएको थियो। तर यसवर्ष अहिलेसम्म डेंगु प्रभावितको मृत्यु नभएको शाहले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell