PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सेबस्टियन दुनियाँकै सबैभन्दा युवा राष्ट्रप्रमुख बन्ने दौडमा



पहिलोपोस्ट

सेबस्टियन दुनियाँकै सबैभन्दा युवा राष्ट्रप्रमुख बन्ने दौडमा

अष्ट्रियामा भैरहेको आम चुनाव हामी बुझ्न सकिरहेका छैनौँ कि के हुन गैरहेको छ भनेर। खास कुरा त यो हो कि यस चुनावमा पीपल्स पार्टीको अगुवार्इ एक ३१ वर्षे युवाले गरिरहेका छन्। उनै युवा हुन, सेबस्टिनयन कुर्ज।
 

यदि, पीपल्स पार्टीको जीत भए सेबस्टियन दुनियाँमा सबैभन्दा कम उमेरका राष्ट्र प्रमुख हुनेछन्। चुनावका विश्लेषकले पनि अष्ट्रियाको पीपल्स पार्टीका ३१ वर्षे सेबस्टियनले जित्ने अनुमान गरेका छन्।
 

चुनावमा सेबस्टियनको पार्टीले बहुमत नल्याए पनि उनले अप्रवासन विरोधी फ्रीडम पार्टीसँग गठबन्धन गर्न सक्छन्।


को हुन् सेबस्टियन कुर्ज


यो चुनाव हुनु पहिले सेबस्टियन अष्ट्रियको सबैभन्दा कम उमेरका विदेशमन्त्रीमा रही जिम्मेवारी निभार्इ सकेका छन्। सेबस्टियनले सन् २०१३ सालमा विदेशमन्त्रीको जिम्मवारी पूरा गरेका थिए। त्यस वेलामा उनी जम्मा २७ वर्षका थिए। यसै क्रममा उनले सन् २०१७ सालमा पीपल्स पार्टीमा नेतृत्व गर्ने अवसर पाए।


उनले आफ्नो राजनीति जीवनको सुरुवात पार्टीको युथ विङ्गबाट गरेका थिए। उनी पार्टीको माथिल्लो तहमा जानु अगि युथको प्रमुखमा हारेका थिए। अष्ट्रियाको राजनीतिमा उनलार्इ 'वुन्डरवुज्जी'को नामले चिनिन थालेका छन्। अहिले उनको तुलना फ्रान्सको राष्ट्रपति इमैनुएल मैक्रो र क्यानडाको प्रधानमन्त्री जस्टिन ट्रुडोसँग हुन थालेको छ। बीबीसी, हिन्दी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell