PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द, नेपाल डिभिजन २ मा घटुवा



पहिलोपोस्ट

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द, नेपाल डिभिजन २ मा घटुवा

काठमाडौँ: वर्ल्ड क्रकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भई दुबै टोलीले एक–एक अंक बाँडेसँगै नेपाल डिभिजन टु’मा घटुवा भएको छ । अंक बाँडेसँगै नेपालको ९ अंक भएको छ। भने, हङकङको १४ अंक छ।

प्रतियोगिताबाट नेपालसँगै युएई र नामिविया पनि डिभिजन टु’मा घटुवा भएका छन्। डिभिजन टु’को खेल सन् २०१८ मा नामिवियामा हुँदैछ। जसमा डिभिजन थ्री’बाट बढुवा भएका क्यानाडा र ओमन पनि छन्। 

डिभिजन टु’को हुन बाँकी लिग खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्ने दुई टिमले पनि एक दिवसीय विश्वकप छनोटमा खेल्न पाउनेछ। 

आइतबारका लागि खेल तय भए पनि सामुन्द्रिक आँधीका (टाइफुन) कारण खेल आजलाई सारिएको थियो। तर, आँधीपछिको भारी वर्षा कामयै रहेपछि खेल रद्द गरिएको हो।

पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो। नेपालले अब प्रतियेगिता अन्तर्गत युएईसँग अन्तिम चरणको दुई खेल्नेछ। तर यी दुवै खेल जित्दा पनि नेपालको अङ्क १३ मात्रै हुनेछ जबकि हङकङको दुई खेल खेल्न बाँकी छँदा नै अङ्क १४ भइसक्यो। त्यसैगरी दुई खेल खेल्न बाँकी रहँदा नै केन्याको १२ अङ्क छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell