PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेसको समानुपातिक बन्दसूचीको एक नम्बरमा कृष्ण सिटौला, सुजातासहित ८ केन्द्रीय सदस्य



रमेश वाग्ले

कांग्रेसको समानुपातिक बन्दसूचीको एक नम्बरमा कृष्ण सिटौला, सुजातासहित ८ केन्द्रीय सदस्य

काठमाडौँ : नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। 

प्रतिनिधि सभाको बन्दसूचीको एक नम्बरमा कृष्ण सिटौलाको नाम रहेको छ। सिटौला २०६४ सालको संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए। २०७० को संविधान सभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०४८ सालको  निर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएका सिटौला २०५६ सालको चुनावमा पहिलो पटक संसद सदस्यमा विजयी भएका थिए। 

सिटौलाका अतिरिक्त केबी गुरुङ, बालकृष्ण खाण, सुजाता कोइराला र पुष्पा भुषालसहित आठ केन्द्रीय सदस्यको नाम समानुपातिकको बन्दसूचीमा रहेको छ। 

संविधानअनुसार प्रतिनिधि सभाका लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

प्रतिनिधि सभाको समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७/१७, जनजाति पुरुष र महिला १६/१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको हो। 

प्रतिनिधि सभामा महिला ५७ र पुरुष ५३ को सूची तयार भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell