PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित



पहिलोपोस्ट

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

पोखरा :  लेखनाथ उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि कृष्णहरि भण्डारी अध्यक्षमा विजयी भएका छन्। भण्डारी ८ सय २४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।

भण्डारीका निकटतम प्रतिद्वन्द्वी बसन्तमोहन भट्टराईले ३ सय ७ मत प्राप्त गरेका थिए। निर्वाचित भण्डारी वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन्। 

निर्वाचनमा एक सदस्यबाहेक अन्य पदका सवै पदाधिकारी भण्डारी प्यानलकै विजयी भएका छन्।वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बलराम ढकाल ६ सय ६५ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी गीतादेवी सुवेदीले ४ सय ५० मत प्राप्त गरेकी छन्।

यस्तै, प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय ८ सय ४२ मत प्राप्त गरी विजयी हुँदा मेजर रामप्रसाद गुरुङले २ सय ६७ मत प्राप्त गरे भने द्वितिय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठले ७ सय १८ मतसहित विजयी हुँदा प्रत्यासी दयाराम तिवारीको पक्षमा मात्र ४ सय ८ मत परेको छ ।

महासचिवमा भरतकुमार अधिकारी झिनो मतअन्तरले विजयी हुन सफल भए। उनी ५ सय ६० मतसहित विजयी हुँदा महासचिवका प्रत्यासी ऋषिराम जमरकट्टेलले ५ सय ५३ प्राप्त गरे। यसैगरी, उपमहासचिवमा वर्तमान कोषाध्यक्ष गोपिचन्द्र बास्तोला ६ सय ३५ मतका साथ विजयी भएका छन् भने प्रतिद्वन्द्वी दामोदरभक्त थापाले ४ सय ७२ मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भए। उनले ८ सय ९२ मत ल्याए भने प्रतिद्वन्द्वी सोमतबहादुर श्रेष्ठले २ सय २० मत ल्याए। दुई महिला सदस्य पदमा जानुका अधिकारी ८ सय ३४ र राधा सापकोटा ६ सय ८८ मतसहित विजयी भए। महिला सदस्यका अर्का उम्मेदवार लक्ष्मी बास्तोलाले ४ सय ७१ मत ल्याइन्। यसअघि महिला आरक्षण एक जनामात्र रहेकोमा यसपटक बढाएर दुई बनाइएको हो।

आठ खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिस्पर्धामा भण्डारी प्यानलबाट सात र भट्टराई प्यानलबाट एक जना विजयी भए। भण्डारी प्यानलबाट उपेन्द्रराज सुवेदी राजु ८७१, रामजी पौडेल ७५०, मेनुका श्रेष्ठ ७२७, भरतराज ओझा ६९३, सरोजराज अधिकारी ६७७, भीमबहादुर नेपाली काईँला ६२४, शिवप्रसाद भण्डारी ६२१ र भट्टराई प्यानलका धीरजकुमार श्रेष्ठ ५७६ विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell