PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वाङ्छुक र आङ छिरिङ दोस्रो कार्ल्सवर्ग गल्फ सिरिज २०१७ को च्याम्पियन



पहिलोपोस्ट

वाङ्छुक र आङ छिरिङ दोस्रो कार्ल्सवर्ग गल्फ सिरिज २०१७ को च्याम्पियन

काठमाडौं : वाङ्छुक दोण्डुप र आङ छिरिङ शेर्पाले दोस्रो कार्ल्स वर्ष गल्फ सिरिज् २०१७ को उपाधि जितेका छन्। वाङ्छुक ग्रोस र आङ छिरिङ नेटतर्फ विजेता बनेका हुन्। कार्ल्सवर्ग गल्फ सिरिजअन्तर्गत हुने वर्षका ३ मध्ये यो दोस्रो प्रतियोगिता हो।

सिरिजअन्तर्गत पहिलो प्रतियोगिता २०७४ वैशाख २३ गतेमा भएको थियो र अन्तिम प्रतियोगिता आगामी केही महिनामा हुनेछ। आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा मौका दिइएको छ। यो सिरिज् ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको छ।

प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडिहरु र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडिहरुले अंक प्राप्त गर्नेछन्। तीन वटा इभेन्टपछि ग्रस अनि नेट विधामा जुन खेलाडीले सबैभन्दा धेरै अंक प्राप्त गर्छन्। सोहीलाई काल्र्सबर्ग गल्फ सिरिज् ग्रस र नेट च्याम्पियन घोषित गरिन्छ।

यसैगरी प्रत्येक एडिशनका नेट विजेता, नेट उप–विजेता, ग्रस विजेता, ग्रस उप– विजेता, महिलातर्फका विजेता, सिनियर विजेता, सिनियर उप–विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोष्ट बर्डिज्हरुलाई पुरस्कार वितरण गरिनेछ।

गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै कार्ल्सवर्ग गल्फ सिरिजले साँच्चै नै लामो बाटो तय गरेको बताए। 'फेरि एक पटक यो प्रिमियम गल्फ इभेन्टको आयोजन गर्न पाउँदा हामी गौरवान्वित छौं। यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं।'

यस्तै गोर्खा ब्रुअरीका बजार निर्देशक वैभव शर्माले कार्ल्सवर्गले गत वैशाख महिनामा गल्फिङ सिजन उत्कृष्ट सुरुवात गरेको थियो र हामी यो दास्रो सिजन र आगामी केहि महिनामा अन्तिम सिजन ल्याउन कुराले ज्यादै उत्साहित भएका प्रतिक्रिया दिए।

गोकर्ण फरेष्ट रिजर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले कार्ल्सवर्ष गल्फ सिरिज उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च भएकव बताए। 'गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell